news

9:38 PM

एजेन्सी । रोमानियाकी एडेलिना अबलु कुनै पनि प्रकारको रिलेशनसीप चाहँदिनन् । उनी एक स्वतन्त्र महिला हुन् । त्यसैले उनलाई एउटा यस्तो पुरुष चाहिएको छ जसले उनीसँग यौन सम्बन्ध कायम गरेर मात्र बच्चा दिन सकोस् । पश्चिमी रोमानियाको टिमिसौराकी एडेलिनाले त्यसका लागि फेसबुकमा विज्ञापन दिएकी छन् ।

उनले पुरुषहरुलाई अफर दिएकी छन् कि ३५० पाउण्डमा उनीसँग यौन सम्बन्ध कायम गरेर एक बच्चा दिने पुरुष चाहिएको छ। उनले बच्चाको अधिकार मात्र आफूसँग रहने र अरु कसैले दावी गर्न नपाउने बताएकी छन् । एडेलिनाले दावी गरेकी छन् कि उनमा ब्वाईफ्रेण्ड वा श्रीमानमा कुनै रुची छैन । किनभने पुरुष साह्रै नै अपरिपक्व हुने गर्दछन्। उनले विज्ञापनमा लेखेकी छन्–पुरुषसँग भेटघाट गर्न कुनै समस्या छैन ।





तर मलाई यस्तो पुरुष चाहियो जसले बच्चा दिन सकोस् । त्यो पनि बिना अर्थको रिलेशनसीपमा मेरो समय खराब नगरिकन । म यसका लागि मूल्य चुकाइरहेकी छु । ३५० पाउण्डमा तपाई मजा लिनुहुनेछ, र म एउटा बच्चा पाउनुछु । एडेलिनाले अगाडि लेखेकी छन्–जुन पुरुषले आफ्नो फर्टिलिटी टेस्ट गराइसकेको छ बच्चा जन्मेपछि पुरै अधिकार मलाई दिन तयार छ त्यस्ता पुरुषलाई स्वागत छ ।

उनले भनेकी छन्–पुरुषहरु साह्रै अम्मेच्योर हुन्छन् उनीहरु मात्र आफ्नो बारेमा मात्र सोच्छन् । एडेलिनाले भनिन्–म एक गम्भीर, स्वतन्त्र र मैच्योर महिला हुँ । मलाई बच्चा चाहिएको छ । बच्चाको जस्तो व्यवहार गर्ने कुनै पुरुष होइन । यो विचित्रको अनलाइन विज्ञापनका लागि उनको खुब सराहना भइरहेको छ। अनलाइन कमेन्टेटरहरुले भनेका छन्–खुब राम्रो, पुरुषका लागि स्वयमलाई बदल्नु ।

उनीहरुले भनेका छन् कि पुरुषलाई थाहा छैन कि महिलाहरु कसरी त्याग गर्दछन्। एक इन्टरनेट युजर पेट्र मानेक्सुले लेखेका छन्–म तयार छु । कहिले र कहाँ ? अन्य एक युजरले लेखेका छन्–म बिना पैसा यो काम गर्न सक्छु । किनभने तिमी खुब हट छ्यौ । -एजेन्सीको सहयोगमा

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images