नागरिकबाट - नाकाबन्दीको मौका छोपी निगमकै साँठगाँठमा कालोबजारी भएको खुलासा - Read more

7:47 PM


काठमाडौं, १ मंसिर - भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ।

पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ।

कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो। त्यसबाट ६० लाख लिटर तेल आएको थियो। यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो।
- See more at: http://dcnepal.com/news/news.php?nid=175862#sthash.UzFpzS3e.dpuf

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images