News- श्रीमान साउदी अरबमा रहेकी महिलाको बच्चा जन्माउन नसकेर मृत्यु read more

7:14 PM

खोटाङ, १० मङ्सिर-
बच्चा जन्माउन नसक्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–८ की २२ वर्षीया गङ्गादेवी तामाङको बिहीबार मृत्यु भएको हो ।



घरमा सुत्केरी व्यथा लागेको लामो समयपछि सदरमुकाम दिक्तेल लैजाने क्रममा बिहीबार दिउँसो बाटैमा मृत्यु भएको मृतकका देवर प्रजल तामाङले बताउनुभयो । “सुत्केरी व्यथा लागेर घरमा छट्पटी सुरु भयो”– उहाँले भन्नुभयो– “लामो समयसम्म बच्चा नजन्मिएपछि अस्पताल पु¥याउन नपाउँदै बाटैमा मृत्यु भयो ।”

मृतकको शव जिल्ला अस्पताल खोटाङमा लगेर परीक्षण गरेपछि घर फर्काइएको आफन्तले जनाएको छ । गत वर्ष महाप्रसाद तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी उनको पहिलो बच्चा जन्माउने क्रममा मृत्यु भएको जनाइएको छ ।

मृतकका श्रीमान् महाप्रसाद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images