मेची राजमार्ग फेरि अवरुद्ध READ MORE NEWS

12:06 AM



ताप्लेजुङ, भदौ २७ । भारी वर्षापछि गएको पहिरोका कारण मेची राजमार्गअन्तर्गतको ताप्लेजुङ–पाँचथर सडकखण्ड अबरुद्ध भएको छ ।

आइतबार राति परेको भारी वर्षाका कारण ताप्लेजुङ नगरपालिका–८ स्थित मेवाराजा क्षेत्रमा पुनः पहिरो गएपछि सडकखण्ड अबरुद्ध भएको हो ।

यसअघि पनि सोही क्षेत्रमा पहिरो जाँदा लामो समयसम्म यातायात अबरुद्ध भएको थियो ।

त्यहाँ गएको पहिरो तीन दिनअघि मात्र हटाएर राजमार्ग सुचारु गरिएको थियो । सडक खण्ड अबरुद्ध हुँदा दर्जनौं यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।

यसैगरी पहिरोका कारण सदरमुकाम जोड्ने कयौं गोरेटो तथा घोरेटो बाटोसमेत अबरुद्ध बनेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images