मेसन सेरेले जिते देशकै सबैभन्दा नराम्रो मान्छेको उपाधि (तस्विर सहित) read more

5:40 AM



हरारे, ७ मङ्सिर, जिम्बाबेका मेसन सेरे नाम गरेका एक व्यक्तिले देशकै सबैभन्दा नराम्रो मान्छेको उपाधि जितेका छन् । 




गत शुक्रवार हरारेमा भएको 'मिस्टर अग्ली कन्टेस्ट' मा सेरेले सो उपाधि जितेका हुन् । सेरेलाई उनका फुस्किएका दाँत र फाटेका कपडाको आधारमा जिम्बाबेकै सबैभन्दा घिनलाग्दो मान्छे भन्दै उपाधि दिइएको हो । उपाधि सहित सेरेलाई ५०० डलर नगद पुरस्कार समेत प्रदान गरिएको छ । सेरेले अन्य ५ प्रतिस्पिर्धीलाई उछिन्दै यो उपाधि जितेका हुन् । ४२ वर्षीय सेरे बेरोजगार छन् ।



 उनले उपाधि जितेपछि आफूलाई भगवानको कृपा रहेको प्रतिकृया दिएका छन् । सेरेले उपाधि जितेपछि पूर्व विजेता विलियम मेसविनु भने रुष्ट बनेको समाचारमा जनाइएको छ । विलियमले निर्णायक मण्डलले पक्षपात गरेर आफ्नो उपाधि खोसेको आरोप लगाएका छन् । विलियमले फस्ट रनर अप हुँदै टाइटल सहित १०० डलर पुस्कारमा चित्त बुझाउनु परेको थियो ।  यता आयोजक डेविड मचाओले भने सन् २०१२ मा 'व्युटी अफ अग्लीनेस' को रुपमा यस्तो प्रतियोगिता सुरु गरेको बताएका छन् । उनले यो प्रतियोगितालाई विश्वभर फैलाउन चाहेको बताएका छन् । (एजेन्सीको सहयोगमा)

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images