भारतीय दूतावासबाट पैसा खाने नेपाली एजेन्टहरुलाई विप्लव माओवादीले एक एक गरी ठोक्ने... read more

6:44 PM

काठमाण्डु, ६ मंसिर– दश वर्षे जनयुद्धको नेतृत्वकर्ता एनेकपा माओवादीबाट विभाजन भई बनेको कान्छो माओवादी पार्टीले भारतीय नाकाबन्दीको विरुद्ध राष्ट्रिय मुक्ति अभियान र आन्दोलन सुरु गर्ने जनाएको छ ।जनवादी सत्ता स्थापनाको लागि भीषण जनसंघर्षको तयारीमा जुटेको सो पार्टीले यही बीचमा उत्पन्न नयाँ परिस्थिति र भारतीय नाकाबन्दीको कारण उक्त योजनालाई केही पर  सार्दै राष्ट्रिय मुक्त आन्दोलन अघि बढाउन लागेको सो पार्टीले जनाएको छ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्व्कर्माले भने, ‘भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाधिनता रक्षाको लागि मंसिर ८ गते राजधानीमा बृहद प्रदर्शन गरेर अभियान सुरु हुनेछ ।

नाकाबन्दीविरुद्ध उभिन जनमत सिर्जना  गर्ने, कालबाजारियाहरुमाथि कारवाही गर्ने र भारत सरकार र काठमाण्डु्स्थित   भारतीय दूताबासका लागि काम गर्ने दलालहरुका विरुद्ध  जनकारबाही अभियान सुरु  गर्ने नेकपा माओवादी स्रोतले जनाएको छ ।
  –जनसवाल दैनिकबाट

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images