रसियाली युद्धक विमान खसालेपछि स्थिति गम्भीर, चालकको अवस्था अज्ञात READ MORE

8:23 PM

रसियाली युद्धक विमान खसालेपछि स्थिति गम्भीर, चालकको अवस्था अज्ञात


सिरियाको उत्तरपश्चिममा युद्धरत विद्रोहीले टर्कीको वायुसेनाले एक रसियाली युद्धक विमानलाई खसालिदिएको भन्दै मङ्गलबार दृश्यचित्र सार्वजनिक गरेको यहाँका सैनिक अधिकारीले बताएका छन् । सिरियाली राष्ट्रपति बसार अल असादलाई सघाउन पठाएको रसियाली विमान टर्कीको सीमा क्षेत्रमा प्रवेश गरेपछि एफ–१६ लडाकू विमानको प्रयोग गरी उडिरहेको उक्त विमानलाई मङ्गलबार बिहानै खसालेको सिरियाली विद्रोही पक्षको दाबी छ । विद्रोहीले युद्धक विमानबाट प्यारासुटबाट झर्दैै गरेका विमान चालक र खस्दै गरेको विमानको भनिएको २० सेकेन्ड लामो दृश्यचित्र (भिडियो) ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेका छन् । खस्दै गरेको विमानको दृश्य हेरिरहेका विद्रोहीले विमान खसेपछि चिच्याउँदै ‘अल्लाह सर्वशक्तिमान छन्’ भनेको भिडियोमा आवाज सुनिएको थियो । उक्त ठाउँ रसियाली विमान खसेको स्थान भएको सञ्चारमाध्यमले बताएका छन् । भिडियोमा विद्रोही सेनाले दशौँ ब्रिगेडले रसियाली युद्धक विमानका चालकलाई नियन्त्रणमा लिएको भन्दै जमिनमा घोप्टो अवस्थामा ढलेको मानवीय शरीरलाई देखाएका थिए । चालक सख्त घाइते र चल्न नसक्ने अवस्थामा भएको ट्वीटर एकाउन्टमा सेयर गरेको भिडियोमा देखिएको संचारमाध्यमले जनाएका छन् । यसैबीच रसियाली युद्धक विमान सिरियाली जमिनबाट बन्दुकद्वारा खसालिएको रसियाली विदेश मन्त्रालयले पुष्टि गरेको छ । सु–२४ नामधारी उक्त युद्धक विमान जमिनबाट छ हजार मिटरको उचाइमा विस्फोट गराइएको आफ्नो नाम बताउन नचाहने रसियाली सैनिक अधिकारीलाई उद्धृत गर्दै यहाँको इन्ट्राफेस समाचार संस्थाले लेखेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images