Dahal- अमेरिकाबाट फर्किएका गुगल ब्वाय आदित्यले नाकाबन्दीका बारेमा यसो भने read more

6:19 PM

ताजाखबर, ६ मंसिर- उपचारका लागि अमेरिका पुगेर फर्किएका गुगल ब्वायका रुपमा परिचित आदित्य दाहालले भारतीय नाकाबन्दीका बारेमा प्रतिक्रिया दिएका छन् ।



करिब ३ महिना उपचार गराउँदा पनि रोग पहिचान हुन नसकेपछि यसैसाता नेपाल फर्किएका उनले नाकाबन्दीका बारेमा बोलेका हुन् । तर यस बिषयमा उनले घुमाउरो पारामा उत्तर दिएका छन् । उनले सहमती विना उपलब्धि हासिल हुन नसक्ने भन्दै जतिसक्दो छिटो सहमती गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सहमती विना नाकाबन्दी नखुल्ने र यसले दुर्घटना निम्त्याउन सक्ने उनले लेखेर जवाफ दिए । ३ महिना लामो अमेरिका बसाईंका क्रममा पनि उनको रोग पत्ता लगाउन नसकेका क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालका चिकित्सकहरुले उनको परिक्षणलाई भने निरन्तरता दिएका छन् । प्रारम्भिक परिक्षणका क्रममा आदित्यलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर भएको अनुमान गरिएपनि त्यस रोगका लक्षण मेल नखाएपछि उपचार मोडिएको थियो । उनको रगत तथा अन्य विभिन्न अंगको परिक्षण रिपोर्ट अझै पनि आउन बाँकी रहेको बाबु शेषराजले बताए । यद्यपी उनमा हल्का शारीरिक तथा मानसिक परिर्वतन भने देखा परेको उनले बताए । अहिले आदित्यले हातका औंलाहरु चलाउन सक्छन् भने मुखबाट र्‍याल निकालिरहने क्रम समेत कम भएको छ । सम्पूर्ण परिक्षणको रिपोर्ट आइसकेपछि आदित्यलाई पुनः अमेरिका ल्याउन चिकित्सकहरुले भनेका छन् । -

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images