बलिउडका अमिल्दा जोडीहरु WATCH AND READ MORE NEWS

10:40 PM





उर्वशी–सचिन
बलिउड सिनेमा मध्यमस्तरको स्थान बनाउन सफल अभिनेत्री उर्वशी शर्माले तीन वर्षअघि लगनगाँठो कसेकी हुन् । असंख्य छापा तथा टेलिभिजन विज्ञापनमा खेलेकी उर्वशीले सन् २०१२ मा निर्माता सचिन जोशीसँग विवाह गरिन् । जोशीले केही तेलगु चलचित्रमा अभिनय पनि गरेका छन् । उनीहरूकी एक छोरी छिन् । उमेरले समान भए पनि रूपरंगका हिसाबले यी दुईको जोडी खासै मिल्दो र उम्दा छैन । अरूजस्तै उर्वशीले धनवान् नै रोजेको देखिन्छ ।

सञ्जय–मान्यता
अवैध हतियार राखेको अपराधमा हाल जेलमा रहेका बलिउड अभिनेता सञ्जय दत्तले सन् २००८ मा तेस्रो विवाह गरे, आफूभन्दा २० वर्ष कान्छी कन्यासँग । मान्यतालाई भित्र्याउनुअघि सञ्जयको रिया पिल्लाइसँग सम्बन्धविच्छेद भएको थियो । सञ्जयकी पहिली पत्नीको भने सन् १९९६ मा मृत्यु भएको थियो । मुस्लिम परिवारमा जन्मेकी मान्यता बलिउडमा खासै जम्न नसकेकी अभिनेत्री हुन् । केही बी ग्रेडका चलचित्रमा अभिनय गरेकी मान्यताले सञ्जयसँग विवाह गरेपछि धर्म पनि परिवर्तन गरेकी छिन् ।


सिमोन–फरहद
टेलिभिजन र चलचित्र दुवै क्षेत्रमा नाम कमाएकी सिमोन सिंहको नाम अमिल्दो जोडीका लागि पनि लिइन्छ । सन् २००० मा उनी चलचित्र निर्माता फरहद समरसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । अमेरिकाको चर्चित ‘इन्टरनेसनल एमी अवार्ड’मा निम्तो पाउने पहिलो भारतीय अभिनेत्री भए पनि जीवनसाथी छनोटमा सिमोनले धनलाई नै महत्त्व दिइन् ।


काठमाडौँ । सामान्यतया विवाहको सन्दर्भमा संसारैभरि समान हैसियत, मिल्दो उमेर र समान रूपरंगमा जोड दिइन्छ । तर, बलिउडमा केही यस्ता जोडी छन्, जसलाई आहा † भन्न सकिन्न । सामान्यतया व्यापारी र धनीसँग विवाह गरेका बलिउड अभिनेत्रीका सन्दर्भमा यो बढी लागू हुन्छ । उनीहरूको जोडी देख्दा के नमिलेको, के नसुहाएकोजस्तो लाग्छ । तिनले ह्यान्डसमलाई भन्दा ‘धनवान्’लाई प्राथमिकता दिएको देखिन्छ ।



रानी–आदित्य
३७ वर्षीय बलिउड अभिनेत्री रानी मुखर्जीले गत वर्ष चलचित्र निर्देशक तथा निर्माता आदित्य चोपडासँग विवाह गरिन् । बंगाली चलचित्रबाट फिल्मी यात्रा सुरु गरेकी रानीले छानेका आदित्य न त अविवाहित नै हुन् न उनी त्यत्ति आकर्षक नै छन् । आदित्य रानीभन्दा अनाकर्षक मात्र छैनन्, उमेरले पनि अलि जेठा नै छन् । ४४ वर्षीय आदित्यले रानीसँग विवाह गर्नकै लागि आफ्नी पूर्वपत्नी पायल खन्नासँग सम्बन्धविच्छेद गरेका थिए । बलिउडका ह्यान्डसम अभिनेताहरूसँग ‘अनस्क्रिन’ जोडी बाँधेकी रानीले वास्तविक जीवनमा भने अनाकर्षक तर धनी पति रोजिन् ।



जुही–जय
सन् १९८० र ९० को दशककी चर्चित बलिउड नायिका जुही चावलाले सन् १९९५ मा जय मेहतासँग विवाह गरिन् । सन् १९९४ को मिस इन्डिया विजेता भएको दुई वर्षपछि फिल्मी क्षेत्रमा आएकी चावलाका श्रीमान् जुहीभन्दा त्यति धेरै उमेरका त छैनन्, तर रूपरंगले जुहीसँग कत्ति पनि जोडा मिल्दैन । भारतका अतिरिक्त अफ्रिकाका कैयौँ देश, अमेरिका र क्यानडासम्म व्यापार फैलाएका मेहताको धनले नै चावलालाई आकर्षित गरेको देखिन्छ । मेहताकी पूर्वश्रीमतीको जहाज दुर्घटनामा मृत्यु भएको थियो ।



श्रीदेवी–बोनी
भारतीय सिने क्षेत्रमा रूप र अभिनयका लागि देवीसमान मानिएकी श्रीदेवी सबैभन्दा अमिल्दो जोडीका लागि पनि चर्चित छिन् । सन् १९७०, ८० र ९० का दशकमा बलिउडमा तहल्का मच्चाएकी श्रीदेवीले सन् १९९६ मा नौ वर्ष जेठा चलचित्र निर्माता बोनी कपुरसँग विवाह गरिन् । उमेरभन्दा कम देखिने श्रीदेवी सार्वजनिक कार्यक्रममा आफ्ना श्रीमान्सँग जाँदा बाबु–छोरीजस्ता देखिन्छन् भन्ने टिप्पणी पनि बलिउडमा सुनिन्छ । त्यसो त श्रीदेवी बोनीकी पहिली श्रीमती भने होइनन् । त्यसैगरी श्रीदेवीले पनि बोनीसँग विवाह गर्नुअघि बलिउडकै अर्का चर्चित अभिनेता मिथुन चक्रवर्तीसँग गोप्य विवाह गरेकी थिइन् । श्रीदेवी र बोनीका दुई छोरी छन् ।

फराह–शिशिर
फिल्मी निर्देशक, निर्माता र नृत्य निर्देशकजस्ता बहुआयामिक छवि बनाएकी बलिउडकै फराह खान र लेखक तथा सम्पादक शिशिर कुन्दरको जोडी बलिउडका अमिल्दा जोडीमध्ये पर्छ । फराह शिशिरभन्दा आठ वर्ष जेठी पनि छिन् । फराह र शिशिरले सन् २००४ मा विवाह गरेका हुन् । उनीहरूका तीन सन्तान छन् ।नया पत्रिकाबाट

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images