नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन पाकिस्तान पुगे मोदी READ MORE
9:19 AM
भ्रमण गरेको भनेर आलोचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पाकिस्तानको ‘सरप्राइज’ भ्रमण गरेका छन् । आफ्नो सरकारको सहयोगमा अफगानिस्तानको काबुलमा बनेको संसद् भवनको उद्घाटन गर्न पुगेको मोदीले फर्किने क्रममा पाकिस्तानको लाहोर ‘झरेका’ हुन् ।
पाकिस्तानी समयअनुसार दिउसो ४.१५ मा उनीमा लोहर विमानस्थल अोर्लिएका मोदीको पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले स्वागत गरेका थिए । आजै जन्मदिन परेका सरिफलाई शुभकामना दिन मोदी पाकिस्तान पुगेको बताइएको छ । विमानस्थलबाट उनीहरु दुवैजना हेलिकोप्टरमा सरिफको फार्महाउसमा गएका थिए ।
सन् २००४ यता कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेका छैनन् । कश्मिरको विषयलाई लिएर दुई देशको सम्बन्ध तनावग्रस्त रहदै आएको छ । हालै फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनमा पनि मोदी र सरिफबीच वार्ता भएको थियो । १९४७ मा बेलायती उपनिवेशबाट छुटेपछि टुक्रिएका यी दुई देशबीच तीन पटक युद्ध भइसकेको छ ।
0 comments