अवैध यौन सम्बन्ध राख्दा देवर– भाउजूको एकैचिहान READ MORE>>>

9:34 AM

एजेन्सी । उत्तर प्रदेशको इटावा जिल्लामा अवैध
सम्बन्धले देवर–भाउजूको ज्यानै लिएको छ । प्रहरीका
अनुसार प्रेम र त्यसपछिको यौनसम्बन्धले दुबै जनाको
एकै चिहान समेत बनाइएको छ ।
इटावाका वरिष्ठ प्रहरी अधीक्षक मञ्जिल सैनीले
भनेका छन् कि- ‘जिल्लाको बकेवर थाना क्षेत्रको
गाउँ नगला भजू सेहुदपुरमा दुईटा शव फेला परेको सूचना
हामीले पाएका थियौं । हाम्रो टोलीले घटनास्थल
पुगेर २२ वर्षीय सोनू र उनकी २५ वर्षीय भाउजू
प्रीतिको शव बरामद गर्यो ।’
प्रहरी अनुसन्धान अनुसार दुबैको हत्या घाटी थिचेर
गरिएको थियो । परिवारसँग सोधपुछका क्रममा
हत्याको कारण अवैध प्रेम सम्बन्ध भएको खुल्यो । साथै
सोनूका भाईको दुर्घटनामा मृत्यु भइसकेको छ । उनकी
भाउजू विधवा थिईन् ।
त्यही क्रममा सोनूको प्रेम सम्बन्ध आफ्नै विधवा
भाउजू प्रीतिसँग भयो । दुबै विहे गर्न सम्म पुगिसकेका
थिए । प्रीतिका माइती विहे गरिदिन राजी थिए
तर, सोनूका परिवारले यो सम्बन्ध मान्न तयार भएनन्
। जसका कारण सोनूले जिद्धी गर्न थाले । त्यसपछि
समाजमा बदनाम हुने डरले सोनूका परिवारले नै दुबै
हत्या गरिदिए ।
वरिष्ठ पुलिस अधीक्षक सैनीका अनुसार यो घटनामा
प्रीतिका जेठाजू र जेठानीविरुद्ध मुद्दा दर्ता भएको
छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images