अफिस जानकै लागि युवाले काठको विमान बनाएपछि..(फोटो फिचर)

1:57 AM



एजेन्सी, तपाईले अहिलेसम्म प्राय सबै विमान फलामबाटै बनेको देख्नु भएको छ। तर तपाईले कहिले विमान काठबाट बनेको सनेको वा देख्‍नु भएको छ? तर चेक रिपब्लिकका एक युवाले काठबाटै विमान बनाएका छन्।



फ्रेन्टिस हेदरावा नामक युवाले अरुलाई साइकलमा, बाइकमा, कारमा कार्यालय गरेको देखेर उनले आफू विमानमा अफिस जाने योजना बनाए। फलस्वरुप उनले एउटा काठकै विमान तयार पारे। किनकी उनलाई अफिस जान जहिले पनि ढिलो हुने गर्दथ्यो।

४५ वर्षीय हेदरावाले बनाएको काठको विमानमा एक लाख चेक केरुणा अर्थात साढे ४ लाख नेपाली रुपैयाँ खर्च गरेका छन्। उनी अहिले त्यही विमानबाटै आफिस आउने जाने गर्दछन्।

उनी कारभन्दा अगावै अफिस पुग्‍ने गर्छन्। उनी भन्छन्,’ मेरो अफिस १५ कलोमिटरको दूरीमा पर्छ। मलाई कारबाट १४ मिनेट लाग्थ्यो जुन मेरो लागि धेरै समय हो। यही कारण मैले छोटो समयमा अफिस पुग्‍ने विमान बनाए।’



उनका अनुसार अब कार्यालय पुग्‍न उनलाई चार मिनेट लाग्छ। उनी भन्छन् ‘तर म विहान विहान आम मानिसलाई हैरान गर्न भने चाहदिन। तर म चार मिनेट लाग्ने ठाउँमा ३ मिनेट नजिकै चक्कर लगाएर ७ मिनेटमा अफिस पुग्छु।’












You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images