महिलाले कुकुरलाई झैं डोरीले बाँधेर बीच सडकमै पुरुषलाई डोर्‍याएपछि {फोटो सहित}

3:42 AM



बेइजिङ, २८ भदौ – चीनमा एक महिलाले सार्वजनिक स्थलमा एउटा पुरुषलाई कुकुर झैं डोर्‍याएर हिँडेको तस्वीर निकै भाइरल बनेको छ।



पिपल्स डेली अनलाइनका अनुसार फुजिआन प्रान्तको फुझोउमा चार दिनअघि यस्तो दृष्य देखिएको हो। कुकुर बाँध्ने डोरीले एक पुरुषको घाँटीमा बाँधेर कुकुर झैं डोर्‍याउँदै हिँडेको दृष्यलाई सयौंले आश्चर्य मानेर हेरेका थिए।

हातखुट्टा टेकेर ती महिलाको पछिपछि पुरुष विवस भएर हिँडेका देखिन्थे भने बेलाबेलामा ती महिलाले पुरुषको टाउको सुम्सुम्याएकी थिइन्।


सडकमै यस्तो दृष्य देखिएपछि केहीबेर सवारी आवागमनमा समेत बाधा भएको थियो। कयौं सवारी साधनका चालकहरु उक्त दृष्य हेर्नका लागि आफ्नो सवारी साधन रोक्ने वा बिस्तारै हाँक्ने गरेका कारण सडकमा यातायात व्यवस्था प्रभावित भएको थियो।

निकै बेरपछि सर्वसाधारणले ती महिलालाई सम्झाइ बुझाइ गरेर उक्त पुरुषको उद्धार गरेको बताइन्छ। यद्यपि ती महिलाले किन त्यसरी एक पुरुषलाई कुकुरलाई झैं डोर्‍याइन् भन्ने प्रष्ट हुन सकेको छैन। उनीहरुबीचको सम्बन्धका बारेमा पनि केही खुलाइएको छैन।

चिनियाँ सरकारी संचारमाध्यमहरुका अनुसार प्रहरीले सवारी आवागमनमा बाधा पुर्‍याएको आरोपमा ती महिला र पुरुषलाई बयानका लागि बोलाउन सक्छ। चिनियाँ सामाजिक संजालमा उक्त तस्वीरका बारेमा धेरैले प्रतिक्रिया जनाएका छन्। एजेन्सी र इमेज खबरको सहयोगमा

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images