‘भाषा–साहित्य सङ्घ नेपाल’ स्थापना - WATCH VIDEO NEWS

5:30 AM



काठमाडौँ, २८ भदौ । नेपाल भाषा र साहित्यको विकासका लागि नेपाल सांस्कृतिक सङ्घको पहलमा आज ‘भाषा–साहित्य सङ्घ नेपाल’ स्थापना भएको छ ।नेपाल सांस्कृतिक सङ्घअन्तर्गत रहने गरी प्रजातन्त्र र लोकतन्त्रप्रति आस्था राख्ने साहित्यकारहरुको सहभागितामा उक्त संस्थाको स्थापना भएको हो ।कार्यक्रममा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भाषामा देखिएको विवादलाई सम्बोधन गर्न यो सङ्घले ठूलो भूमिका खेल्ने बताए ।

नेता कार्कीले नेपाल बहुभाषी, बहुजाति, बहुुसांस्कृतिक मुलुक रहेकाले यसलाई देशको सम्पत्ति ठानेर अगाडि बढ्नुपर्ने बताए । उनले नेपाली भाषा र साहित्यलाई जोगाउन नेपाली काँग्रेसले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पारे ।नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले नेपाली भाषा साहित्यको विकास र विस्तारमा प्रजातन्त्रको ठूलो भूमिका रहेको बताए ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साहित्य र पत्रकारिता एकापसका परिपूरक भएको भन्दै साहित्यको विकास भएमात्र पत्रकारिताको विकास हुने स्पष्ट पारे ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images