अब रोबटले पढाउनेछ बिरामी विद्यार्थीलाई READ MORE NEWS

3:22 AM

robot

एजेन्सी, भदौ २८। सूचना प्रविधिको युगमा अब रोबटले सामाजिक काम समेत गर्ने भएको छ। उसले बिरामी भएका बालबालिकाका सहयोग गर्ने भएको छ। रोबटले बालबालिकालाई बिरामीको समयमा आफ्नो उपस्थिति देखाउन मद्दत गर्ने छ। यसको माध्यमबाट विलार्थीले अब स्कुलमा आफ्नो अनुउपस्थितिमा रोबटलाई पठाउन सक्नेछन्।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको इरविन स्कूल अफ एजुकेशनका सोधपत्र गर्नेहरु तथा अध्ययनकी प्रमुख प्रमुख लेखिका वेरोनिका न्यूहार्टले यसले प्राथमिक शिक्षामा रोबर्टले महत्वपूर्ण योगदान दिने दाबी गरेकी छन्।

उनका अनुसार प्राथमिक शिक्षादेखि माध्यमिक शिक्षाका छात्रछात्रालाई समेत बिरामी भएमा रोबर्टले मद्दत पुर्याउनेछ। यसको लागि टेलिप्रेजेन्टस रोबटले विद्यार्थीलाई स्कुलमा आफ्नो उपस्थिति र पढाई गर्न मद्दत गर्नेछ। जुन विरामी विद्यार्थीले स्कुलमै गएर पढेको जस्तो साबित समेत रोबर्टले गर्न सक्ने बताइएको छ।

इन्टरनेटबाट चल्ने यो रोबटको खुट्टामा चक्का तथा शरीरको माथिल्लो भागमा प्रयोगकर्ताको तस्बिर देखिनेछ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images