चीनले गर्यो फेरी अर्को चमत्कार READ MORE NEWS

10:31 PM



एजेन्सी , मानव द्वारा निर्मित रोबटले बिभिन्न क्षेत्र् मा आफ्नो दमदार उपस्थिति जनाइ सकेको छ । मानबबाट असम्भब जस्ता लाग्ने कार्य समेत रोबटले गर्ने गरेको छ । कहिले काही रोबटले गर्ने कार्य निकै चमत्कारिक हुने गर्दछ । यस्तै चमत्कारिक रोबट बनाएर चीन चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्ने संकेत गरेको छ ।

चीनले निर्माण गरेको औषधिको क्याप्सुल आकारको रोबटले अहिले संसारभर चर्चा पाएको छ । चीनले निर्माण गरेको उक्त रोबट बिमारीले क्याप्सुल औषधि जस्तै गरी निल्नु पर्दछ । चीनिया शोधकर्ताका अनुसार उक्त रोबट शरीर भित्र गएपछि शरीरको पाचन प्रक्रिया र इन्डोस्कोपीका लागि मदत गर्दछ । शोधकर्ताहरुले यस रोबटलाई प्रयोगका लागि १०० भन्दा बढी अस्पताल पठाएका छन् ।

यस रोबोटको निर्माण सिलिकन भ्यालीमा रहेको चीनिया संयुक्त उद्यम कम्पनीले गरेको हो । यो रोबोट मैग्नेटिक पोजीशनिंग चिप आफैले प्रकाश दिन सक्ने बताइएको छ ।अहिले चलीरहेको इन्डोस्कोपी लाई बिथापित गर्न सक्ने बताइएको छ । यस रोबटले मानिसको शरीरमा १५ मिनेट बसेर ३६० डिग्रीमा परीक्षण गर्ने बताईएको छ । यस रोबट चिकित्सा क्षेत्रका लागि बरदान साबित हुने बताइएको छ । उक्त रोबटले पेट भित्रका सम्पूर्ण गतिबिधिको दृश्य बाहिर रहेको वा रोबट संग जोडिएको कम्पुटरलाई पठाउने बताईएको छ । बिरामी आफैले आफ्ने पेट भित्रको सम्पूर्ण गतिबिधि नियाल्न सक्ने छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images