राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबीच संयुक्त भेटवार्ता READ MORE NEWS

3:34 AM

pm-rastapati-848x478

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई जानकारी गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण तथा मुलुकको पछिल्लो राजनीतिकसहित समसामयिक विषयमा छलफल भएको छ ।

सो भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिलाई ब्रिफिङ गर्दै राजनीतिक अवस्थाका बारेमा पनि जानकारी गराएका छन् ।

सो क्रममा संविधान कार्यान्वयन, मधेशवादी दललगायतका माग सम्बोधन, पुनर्निर्माणसहितका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images