बोनस खान लाखौं नक्कली खाता ! ५३ सय कर्मचारीको जागिर चट READ MORE NEWS

11:35 PM



२७ भदौ, काठमाडौं । बैंकको शुल्क तिर्न कसैलाई मन हुँदैन । तर, यदि बैंकले नै तपाईको नाममा नक्कली खाता खोलेर रकम काट्यो भने ? अमेरिकाको वेल्स फार्गोका ग्राहकलाई यस्तै भएको छ ।



अमेरिकाको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोका अनुसार वेल्स फार्गोका कर्मचारीहरुले आफ्ना ग्राहकहरुसँग अनुमति नै नलिएर उनीहरुको नाममा लाखौं नक्कली बैंक खाता खोलेको पाइएको छ ।

वेल्स फार्गोले आफ्ना कर्मचारीहरुलाई धेरै खाता खोले त्यसअनुसार बोनस दिने योजना ल्याएको थियो ।

बोनसका लागि त्यहाँका कर्मचारीहरुले सन् २०११ देखि लाखौं मानिसको नाममा उनीहरुको स्वीकृति विना बैंक अकाउन्ट अनाधिकृत रुपमा खोलेको पाइएको छ । नयाँ खाता खोलेर त्यसमा रकम ट्रान्सफर गर्न उनीहरुले नक्कली इमेल समेत बनाएका थिए ।

सीएफपीबीका अनुसार वेल्स फार्गोका कर्मचारीले आफ्ना ग्राहकको अनुमति विना उनीहरुको नाममा १५ लाख नयाँ एकाउन्ट खोलेका छन् । साथै उनीहरुले ५ लाख ६५ हजार ४३३ क्रेडिट कार्डका लागि नक्कली निवेदन समेत बनाएका छन् । जसमध्ये १४ हजारले ४ लाख भन्दा बढी शुल्क तिर्न बाँकी रहेको देखिएको छ ।

वेल्स फार्गोले गल्ती स्वीकार गरेको छ र यसमा संलग्न ५ हजार ३०० को जागिर गएको छ ।

२०११ मा स्थापना भएको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोले वेल्स फार्गोलाई १८५ मिलियन डलर जरिवाना तोकिएको छ । र, आफ्ना ग्राहक, जसको अनुमति विना खाता खोलेर रकम निकालिएको थियो, उनीहरुलाई ५ मिलियन डलर फिर्ता गर्न भनिएको सीएनएनले जनाएको छ ।

 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images