रुसमा पोर्न साइट हेर्न प्रतिबन्ध !

11:41 PM



porn_site


३ असोज। विश्‍वकै सबैभन्दा बढी पोर्न साइट्‌स पोर्नहब तथा यूपोर्नलाई रुसमा प्रतिबन्ध लगाइएको छ। रुस सरकारको आइटी तथा मास मिडिया डिपार्टमेन्टले यी साइटहरुलाई औपचारिक रुपमै बन्द गगरिको हो।

तर यो रुस सरकारको पहिलो कदम भने होइन। किनकी यसअघि पनि रुसका एजेन्सीहरुले यस्ता साइटहरुलाई ब्लक गरिदिएका थिए। यस्तै रुस सरकार स्वयमले पनि सन् २०१५ को सेप्टेम्बरमा फैसला गरेको थियो। सरकाको यो फैसलालाई सामाजिक सञ्जाल ट्विटरमा विरोध गरेका छन्।

‘द इन्डिपेन्डेन्ट’ का अनुसार ट्विटरमा एक रुसी नागरिकले एजेन्सीलाई यस्तो चर्चित साइटलाई प्रतिपबन्ध लगाउनुपूर्व विकल्प दिनु पर्ने बताएका छन्। उनले ट्विटरमा भनेका छन्, ‘ डियर ल्योल्या यस्तो चर्चित साइटलाई ब्ल्क गर्नुपूर्व विकल्प दिदा उपयुक्त हुन्थ्यो।’

यस्तै छिमेकी राष्ट्र भारतमा पनि पोर्नसाइटको प्रतिबन्ध लगाउनु पर्ने भनेर प्रश्‍न उठेको थियो। त्यहाँको सर्वोच्च अदालतले समेत पोर्नहब तथा साइट्सहरुलाई रोक्न आदेश दिएको थियो। तर, नेपालमा भने पोर्नहब लगायतका साइट्सहरुलाई रोक्नु पर्नेमा सरकारको कुनै ध्यान गएको छैन।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images