बच्चा इनारमा फालेर आमा बेपत्ता

चितवन, ३ असोज । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ । आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


 स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी प्रहरीमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ । उनको मानसिक अवस्था पनि केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । रासस

रुसमा पोर्न साइट हेर्न प्रतिबन्ध !



porn_site

३ असोज। विश्‍वकै सबैभन्दा बढी पोर्न साइट्‌स पोर्नहब तथा यूपोर्नलाई रुसमा प्रतिबन्ध लगाइएको छ। रुस सरकारको आइटी तथा मास मिडिया डिपार्टमेन्टले यी साइटहरुलाई औपचारिक रुपमै बन्द गगरिको हो।

तर यो रुस सरकारको पहिलो कदम भने होइन। किनकी यसअघि पनि रुसका एजेन्सीहरुले यस्ता साइटहरुलाई ब्लक गरिदिएका थिए। यस्तै रुस सरकार स्वयमले पनि सन् २०१५ को सेप्टेम्बरमा फैसला गरेको थियो। सरकाको यो फैसलालाई सामाजिक सञ्जाल ट्विटरमा विरोध गरेका छन्।

‘द इन्डिपेन्डेन्ट’ का अनुसार ट्विटरमा एक रुसी नागरिकले एजेन्सीलाई यस्तो चर्चित साइटलाई प्रतिपबन्ध लगाउनुपूर्व विकल्प दिनु पर्ने बताएका छन्। उनले ट्विटरमा भनेका छन्, ‘ डियर ल्योल्या यस्तो चर्चित साइटलाई ब्ल्क गर्नुपूर्व विकल्प दिदा उपयुक्त हुन्थ्यो।’

यस्तै छिमेकी राष्ट्र भारतमा पनि पोर्नसाइटको प्रतिबन्ध लगाउनु पर्ने भनेर प्रश्‍न उठेको थियो। त्यहाँको सर्वोच्च अदालतले समेत पोर्नहब तथा साइट्सहरुलाई रोक्न आदेश दिएको थियो। तर, नेपालमा भने पोर्नहब लगायतका साइट्सहरुलाई रोक्नु पर्नेमा सरकारको कुनै ध्यान गएको छैन।

पुरुषले किन राख्छन् आफुभन्दा बढी उमेरका महिलासंग सम्बन्ध ? जानी राखौं........



एजेन्सी , अक्सर पुरुषहरु आफुभन्दा बढी उमेरका महिला प्रति आकर्षित हुने गर्दछन् । एक रिपोर्टको मुताबिक १०० मा ६८ प्रतिशत पुरुष आफु भन्दा बढी उमेरका महिला प्रति आकर्षित हुने गरेको पाइएको छ ।

उक्त अनुसन्धानको रिपोर्टमा भनिएको छ पुरुषहरु आफुभन्दा बढी उमेरका महिला संगको सम्बन्धबाट मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गर्दछ । यसको मुख्य कारण बढी उमेरका महिला सम्बन्धका लागि जिम्मेदार हुने गर्दछन । पुरुषको मानसिक र शारीरिक सन्तुलन लाई ज्यादा ध्यान दिने गर्दछन । यौन सम्बन्धको समय अत्यधिक सन्तुष्टि र परिवारमा आफ्नो जिम्मेदरि राम्रोसंग निभाउने गर्दछन ।

बलिउडका अमिल्दा जोडीहरु WATCH AND READ MORE NEWS





उर्वशी–सचिन
बलिउड सिनेमा मध्यमस्तरको स्थान बनाउन सफल अभिनेत्री उर्वशी शर्माले तीन वर्षअघि लगनगाँठो कसेकी हुन् । असंख्य छापा तथा टेलिभिजन विज्ञापनमा खेलेकी उर्वशीले सन् २०१२ मा निर्माता सचिन जोशीसँग विवाह गरिन् । जोशीले केही तेलगु चलचित्रमा अभिनय पनि गरेका छन् । उनीहरूकी एक छोरी छिन् । उमेरले समान भए पनि रूपरंगका हिसाबले यी दुईको जोडी खासै मिल्दो र उम्दा छैन । अरूजस्तै उर्वशीले धनवान् नै रोजेको देखिन्छ ।

सञ्जय–मान्यता
अवैध हतियार राखेको अपराधमा हाल जेलमा रहेका बलिउड अभिनेता सञ्जय दत्तले सन् २००८ मा तेस्रो विवाह गरे, आफूभन्दा २० वर्ष कान्छी कन्यासँग । मान्यतालाई भित्र्याउनुअघि सञ्जयको रिया पिल्लाइसँग सम्बन्धविच्छेद भएको थियो । सञ्जयकी पहिली पत्नीको भने सन् १९९६ मा मृत्यु भएको थियो । मुस्लिम परिवारमा जन्मेकी मान्यता बलिउडमा खासै जम्न नसकेकी अभिनेत्री हुन् । केही बी ग्रेडका चलचित्रमा अभिनय गरेकी मान्यताले सञ्जयसँग विवाह गरेपछि धर्म पनि परिवर्तन गरेकी छिन् ।


सिमोन–फरहद
टेलिभिजन र चलचित्र दुवै क्षेत्रमा नाम कमाएकी सिमोन सिंहको नाम अमिल्दो जोडीका लागि पनि लिइन्छ । सन् २००० मा उनी चलचित्र निर्माता फरहद समरसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । अमेरिकाको चर्चित ‘इन्टरनेसनल एमी अवार्ड’मा निम्तो पाउने पहिलो भारतीय अभिनेत्री भए पनि जीवनसाथी छनोटमा सिमोनले धनलाई नै महत्त्व दिइन् ।


काठमाडौँ । सामान्यतया विवाहको सन्दर्भमा संसारैभरि समान हैसियत, मिल्दो उमेर र समान रूपरंगमा जोड दिइन्छ । तर, बलिउडमा केही यस्ता जोडी छन्, जसलाई आहा † भन्न सकिन्न । सामान्यतया व्यापारी र धनीसँग विवाह गरेका बलिउड अभिनेत्रीका सन्दर्भमा यो बढी लागू हुन्छ । उनीहरूको जोडी देख्दा के नमिलेको, के नसुहाएकोजस्तो लाग्छ । तिनले ह्यान्डसमलाई भन्दा ‘धनवान्’लाई प्राथमिकता दिएको देखिन्छ ।



रानी–आदित्य
३७ वर्षीय बलिउड अभिनेत्री रानी मुखर्जीले गत वर्ष चलचित्र निर्देशक तथा निर्माता आदित्य चोपडासँग विवाह गरिन् । बंगाली चलचित्रबाट फिल्मी यात्रा सुरु गरेकी रानीले छानेका आदित्य न त अविवाहित नै हुन् न उनी त्यत्ति आकर्षक नै छन् । आदित्य रानीभन्दा अनाकर्षक मात्र छैनन्, उमेरले पनि अलि जेठा नै छन् । ४४ वर्षीय आदित्यले रानीसँग विवाह गर्नकै लागि आफ्नी पूर्वपत्नी पायल खन्नासँग सम्बन्धविच्छेद गरेका थिए । बलिउडका ह्यान्डसम अभिनेताहरूसँग ‘अनस्क्रिन’ जोडी बाँधेकी रानीले वास्तविक जीवनमा भने अनाकर्षक तर धनी पति रोजिन् ।



जुही–जय
सन् १९८० र ९० को दशककी चर्चित बलिउड नायिका जुही चावलाले सन् १९९५ मा जय मेहतासँग विवाह गरिन् । सन् १९९४ को मिस इन्डिया विजेता भएको दुई वर्षपछि फिल्मी क्षेत्रमा आएकी चावलाका श्रीमान् जुहीभन्दा त्यति धेरै उमेरका त छैनन्, तर रूपरंगले जुहीसँग कत्ति पनि जोडा मिल्दैन । भारतका अतिरिक्त अफ्रिकाका कैयौँ देश, अमेरिका र क्यानडासम्म व्यापार फैलाएका मेहताको धनले नै चावलालाई आकर्षित गरेको देखिन्छ । मेहताकी पूर्वश्रीमतीको जहाज दुर्घटनामा मृत्यु भएको थियो ।



श्रीदेवी–बोनी
भारतीय सिने क्षेत्रमा रूप र अभिनयका लागि देवीसमान मानिएकी श्रीदेवी सबैभन्दा अमिल्दो जोडीका लागि पनि चर्चित छिन् । सन् १९७०, ८० र ९० का दशकमा बलिउडमा तहल्का मच्चाएकी श्रीदेवीले सन् १९९६ मा नौ वर्ष जेठा चलचित्र निर्माता बोनी कपुरसँग विवाह गरिन् । उमेरभन्दा कम देखिने श्रीदेवी सार्वजनिक कार्यक्रममा आफ्ना श्रीमान्सँग जाँदा बाबु–छोरीजस्ता देखिन्छन् भन्ने टिप्पणी पनि बलिउडमा सुनिन्छ । त्यसो त श्रीदेवी बोनीकी पहिली श्रीमती भने होइनन् । त्यसैगरी श्रीदेवीले पनि बोनीसँग विवाह गर्नुअघि बलिउडकै अर्का चर्चित अभिनेता मिथुन चक्रवर्तीसँग गोप्य विवाह गरेकी थिइन् । श्रीदेवी र बोनीका दुई छोरी छन् ।

फराह–शिशिर
फिल्मी निर्देशक, निर्माता र नृत्य निर्देशकजस्ता बहुआयामिक छवि बनाएकी बलिउडकै फराह खान र लेखक तथा सम्पादक शिशिर कुन्दरको जोडी बलिउडका अमिल्दा जोडीमध्ये पर्छ । फराह शिशिरभन्दा आठ वर्ष जेठी पनि छिन् । फराह र शिशिरले सन् २००४ मा विवाह गरेका हुन् । उनीहरूका तीन सन्तान छन् ।नया पत्रिकाबाट

चीनले गर्यो फेरी अर्को चमत्कार READ MORE NEWS



एजेन्सी , मानव द्वारा निर्मित रोबटले बिभिन्न क्षेत्र् मा आफ्नो दमदार उपस्थिति जनाइ सकेको छ । मानबबाट असम्भब जस्ता लाग्ने कार्य समेत रोबटले गर्ने गरेको छ । कहिले काही रोबटले गर्ने कार्य निकै चमत्कारिक हुने गर्दछ । यस्तै चमत्कारिक रोबट बनाएर चीन चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्ने संकेत गरेको छ ।

चीनले निर्माण गरेको औषधिको क्याप्सुल आकारको रोबटले अहिले संसारभर चर्चा पाएको छ । चीनले निर्माण गरेको उक्त रोबट बिमारीले क्याप्सुल औषधि जस्तै गरी निल्नु पर्दछ । चीनिया शोधकर्ताका अनुसार उक्त रोबट शरीर भित्र गएपछि शरीरको पाचन प्रक्रिया र इन्डोस्कोपीका लागि मदत गर्दछ । शोधकर्ताहरुले यस रोबटलाई प्रयोगका लागि १०० भन्दा बढी अस्पताल पठाएका छन् ।

यस रोबोटको निर्माण सिलिकन भ्यालीमा रहेको चीनिया संयुक्त उद्यम कम्पनीले गरेको हो । यो रोबोट मैग्नेटिक पोजीशनिंग चिप आफैले प्रकाश दिन सक्ने बताइएको छ ।अहिले चलीरहेको इन्डोस्कोपी लाई बिथापित गर्न सक्ने बताइएको छ । यस रोबटले मानिसको शरीरमा १५ मिनेट बसेर ३६० डिग्रीमा परीक्षण गर्ने बताईएको छ । यस रोबट चिकित्सा क्षेत्रका लागि बरदान साबित हुने बताइएको छ । उक्त रोबटले पेट भित्रका सम्पूर्ण गतिबिधिको दृश्य बाहिर रहेको वा रोबट संग जोडिएको कम्पुटरलाई पठाउने बताईएको छ । बिरामी आफैले आफ्ने पेट भित्रको सम्पूर्ण गतिबिधि नियाल्न सक्ने छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना - READ MORE NEWS



काठमाडौं, २९ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् ।

Road access in Dharan, Nepal WATCH VIDEO NEWS

As per wiki Dharan is one of the real urban areas, one of three Sub Metropolitan urban areas in eastern Nepal, in the Sunsari District, and is arranged on the foothills of the Mahabharat Range in the north with its southern tip touching the edge of the Terai locale at a height of 1148 ft (349m). It serves as an exchanging post between the bumpy locale and the fields of Terai district. It was at one time the area of an enrollment community for the Brigade of Gurkhas, opened in 1953. The enrollment focus is shut and the grounds is presently the home of B.P. Koirala Institute of Health Sciences since 1993. Dharan Sub-metropolitan city composed a Golden Jubilee festivity of Dharan from January 28 to January 31, 2011 denoting the 50th year of foundation of the district. It is the second-biggest city of Eastern Nepal. It is otherwise called the soccer/footballer creating manufacturing plant of Nepal.
    

Popular Posts

Like us on Facebook

Flickr Images